चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ ।
यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ । हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन् ।चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ । चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ ।
यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ । ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।