नेपालको हवाई सुरक्षा दर वृद्धि, कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल


प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार

अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले आइकाओको अडिट टोलीले हालै गरेको एयर सेफ्टी अडिटबाट औसतभन्दा ३ प्रतिशत वृद्धि गर्दै नेपालको आकाश सुरक्षित रहेको सन्देश दिन सफल भएको बताउनुभयो ।

“आइकाओले गरेको नेपालको एयर सेफ्टी अडिटमा विश्वव्यापी औसत दरभन्दा बढी प्रगति गरेको छ । यसले नेपालको आकाश सुरक्षित रहेको र हवाई पूर्वाधारमा प्रगति गरेको सन्देश दिन्छ, यो प्राधिकरणका लागि मात्रै हैन देशकै लागि महत्वपूर्ण उपलब्धि हो”, महानिर्देशक अधिकारीले भन्नुभयो ।

सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार आजको मितिमा एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७।२ प्रतिशत रहेकामा नेपालले यी दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७० भन्दा बढी कायम गर्न सफल भएको हो । यसअघि नेपालको परिपालना दर ६७.०२ प्रतिशत थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हवाइ सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्याङ्कन गर्दै आइकाओको अडिट टोलीले नेपालको सुरक्षा स्कोर बढाएको महानिर्देशक अधिकारीले बताउनुभयो । आइकाओको १० सदस्यीय सम्परीक्षण टोलीले यही अप्रिल १३ देखि २५ सम्म अडिट गरेको थियो । उक्त सम्परीक्षणको क्रममा आठ क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामक निकायको हैसियतमा पालना गरे÷गराएका कार्य र तिनको विस्तृत प्रगति सम्बन्धमा जाँच गरिएको थियो ।

आफ्ना १९३ सदस्य राष्ट्रको उडान सुरक्षा निगरानीको स्तर मापन गरी निरन्तर सुधारमा टेवा दिने उद्देश्यले आइकाओले निरन्तर निगरानीको सिद्धान्त अवलम्बन गर्दै अडिट कार्यक्रम लागू गर्दै आएको छ । सन् २००९ मा सबै आठ क्षेत्रको सम्परीक्षण गरे पश्चातन सन् २०१३, २०१६, तथा २०१७ मा सम्परीक्षण दर ६६.७६ रहेकामा सन् २०२२ को अडिटको प्रारम्भिक नतिजाअनुसार कूल परिपालना दर ७०.१ प्रतिशत कायम भएको छ ।

नेपालमा सम्परीक्षणका क्षेत्रमा कानुनी, संस्थागत, व्यक्तिगत लाइसेन्स, उडान अप्रेशन, एयरओर्दिनेस, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउण्ड हयान्डलिङ र दुर्घटना अनुसन्धान छन् । यि आठ विषयमा आइकाओले अडिट गर्दै आएको छ ।

आइकाओको सूचीमा माथि उक्लिए पनि युरोपेली सङ्घको सुरक्षा सूचीबाट नेपालमाथि गरिएको हवाई प्रतिबन्ध हटेको छैन । नेपालको यो प्रगतीले आगामी दिनमा सकारात्मक सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । विसं २०७० मङ्सिरदेखि युरोपियन युनियनले हवाई सुरक्षा संवेदनशीलता जनाउँदै नेपाली जहाजलाई युरोपको आकासमा प्रतिबन्ध लगाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com