स्थानीय तहको निर्वाचन : ८२ हजार २१० उम्मेदवारद्वारा मनोनयन दर्ता


प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार

sf7df8f}F, !@ j}zfv . /fli6«o ;efu[xdf ;’/Iffdf vl6Psf ;’/IffsdL{ . t:jL/ M rG›snf If]qL, /f;;

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८२ हजार २१० उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । आयोगमा आज राति ८ः३० बजे प्राप्त विवरणअनुसार निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार उम्मेदवारको सो दर्ता सूची देखिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । पहिलो दिन वैशाख ११ गते तुलनात्मक रुपमाकम संख्यामा मनोनयन दर्ता भए पनि दोस्रो दिन १२ गते ठूला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रदेशस्तरमा मनोनयन दर्ता

प्रदेशस्तरमा मनोनयन दर्ताको अवस्था हेर्दा सबैभन्दा बढी मधेस प्रदेशमा मनोनयनदर्ता भएको देखिएको छ । सो प्रदेशको प्रमुखमा ८३५, अध्यक्षमा ६०८, उपप्रमुखमा ४२४, उपाध्यक्षमा ३१६, वडा अध्यक्षमा ४७६१, महिला सदस्यमा ३०४६, दलित महिला सदस्यमा २९२१, खुला सदस्यमा ६१९० गरी जम्मा १९ हजार १०१ जनाको मनोनयन दर्ता भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडाध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२ र खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ ।

लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडाध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२, खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ । सोहीअनुसार प्रदेश १ मा १४ हजार ९३४ जनाले मनोनयन दर्ता गराउनुभएको छ । सो प्रदेशको प्रमुखमा ३३३, अध्यक्ष ४३१, उपप्रमुख २२७, उपाध्यक्ष ३४६, वडा अध्यक्ष ३५४४, महिला सदस्य २५३५, दलित महिला सदस्य २२१८ र खुला सदस्यमा ५३०० मनोनयन दर्ता भएको छ ।

त्यस्तै, बागमती प्रदेशमा जम्मा १३ हजार २९४ जनाले मनोनयन दर्ता गर्नुभएको छ । सो प्रदेशको प्रमुख ४१६, अध्यक्ष ४३२, उपप्रमुख २४४, उपाध्यक्ष २७३, वडाध्यक्ष ३४१२, महिला सदस्य २१४३, दलित महिला सदस्य १७७७ र खुला सदस्य ४५९७ मनोनयन दर्ता भएको छ ।

सोहीअनुसार गण्डकी प्रदेशमा ६ हजार ५९३ मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा १५७, अध्यक्षमा १९७, उपप्रमुखमा ९२, उपाध्यक्ष १५६, वडाध्यक्ष १५८८, महिला सदस्य १०७९, दलित महिला सदस्य ९६८, खुला सदस्य २३५६ मनोनयन दर्ता भएको छ ।

कर्णाली प्रदेशमा जम्मा ६ हजार ६१८ उम्मेदवारी परेको छ । सो प्रदेशको प्रमुखमा १३५, अध्यक्ष २१७, उपप्रमुख ११५, उपाध्यक्ष १८७, वडाध्यक्ष १७३६, महिला सदस्य १०८२, दलित महिला सदस्य ९२० र खुला सदस्य २२२६ मनोनयन दर्ता परेको छ ।

सोहीअनुसार सुदूरपश्चिम प्रदेशमा जम्मा ६ हजार ९०८ मनोनयन दर्ता भएको छ । सो प्रदेशमा प्रमुखमा १६८, अध्यक्ष १७६, उपप्रमुख १२५, उपाध्यक्ष १२९, वडाध्यक्ष १७१२, महिला सदस्य ११६३, दलित महिला सदस्य १०५५ र खुला सदस्य २३८० मनोनयन दर्ता भएको छ ।

यसरी सातवटै प्रदेशको जम्मा प्रमुखमा २ हजार ३४३, अध्यक्ष २ हजार ४९७, उपप्रमुख १ हजार ४४५, उपाध्यक्ष १ हजार ७२६, वडाध्यक्ष २ हजार १७६, महिला सदस्य १३ हजार ५५४, दलित महिला सदस्य १२ हजार १८१ र खुला सदस्य २८ हजार २८८ जनाको मनोनयन दर्ता भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com