चारवटै पालिकामा उम्मेदवारी दर्ता, भक्तपुरमा गठबन्धन तोडियो, कांग्रेस एमालेबाटै बागी उम्मेदवार मध्यरातिसम्म मनोनयन हुने


प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार

eQmk’/–@ df sfFu|];sf] 3/b}nf] eQmk’/–@ df g]kfnL sfFu|];af6 k|ltlgwL;ef / k|b]z;ef pDd]bjf/ bdggfy 9’Ëfgf / c+ub v8sf laxLaf/ s6’~h]df 3/b}nf] ub}{ . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा (एमाले)सहित विभिन्न दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आज र हिजो दुई दिन मनोनयन दर्ता गर्ने मिति तोके पनि हिजो केही स्वतन्त्र उम्मेदवारले मनोनयन गरेका थिए । आज दिउँसो ३ बजेपछि मात्रै ठूला दल उम्मेदवारी दर्ता गर्न गएपछि मनोनयन दर्ताका लागि राति ८ बजेसम्म पनि आकाङ्क्षीहरुको लाइन लामो रहेको छ ।

विसं २०७४ को निर्वाचनमा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा जीत हासिल गरेको एमालेले यसवर्ष उम्मेदवार दोहो-याएको छ । एमालेबाट सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई, मध्यपुरथिमि नगरप्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा उत्तरा नेपाल, चाँगुनारायण नगरपालिका प्रमुखमा बिना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी, भक्तपुर नगरपालिकाको प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपप्रमुखमा रञ्जना खर्बुजाले मनोनयन दर्ता गराउनुभएको छ । सूर्यविनायकका थापा, मध्यपुरका श्रेष्ठले यस पटक पनि प्रमुखमा दोहो¥याएर उम्मेदवारी दिएका छन् भने चाँगुनाराणमा उपप्रमुख बास्तोलाले प्रमुखमा उम्मेदवारी दिनुभएको छ ।

नेपाली कांग्रेससहितले केही वडामा सहमति गर्न ढिलाइ गरेपछि ५ बजे अगाडि मात्रै मनोनयनका लागि गएको छ । कांग्रेसको अधिकांश पालिकामा ८ बजेसम्म मनोनयन दर्ता गराउन लामबद्ध रहेको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयमा खटिनुभएका केशव सिलवालले जानकारी दिनुभयो ।

भक्तपुरमा सत्ता गठबन्धनको तालमेल र सहमति तोडिएको छ । आज दिउँसो ४ बजेसम्म पनि कांग्रेससँग सहमति नभएपछि नेकपा ९माओवादी केन्द्र०ले पालिकाहरुमा गठबन्धनबाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गठबन्धन तोडिएपछि नेपाली कांग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा कांग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)बाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा कांग्रेसबाट निशान ढुङ्गेल, उपप्रमुखमा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा र समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।

गठबन्धनमा सहमति कार्यान्वयन गर्न कांग्रेसले नमानेको भन्दै सत्ता गठबन्धनको तालमेल र सहमति भक्तपुरमा तोडिएको छ । आज दिउँसो ४ बजेसम्म पनि कांग्रेससँग सहमति नभएपछि नेकपा (माओवादी केन्द्र)ले पालिकाहरुमा गठबन्धनबाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा ९माओवादी केन्द्र०बाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसीभक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदीप राई र उपप्रमुखमा पवित्रा चौलागाईं र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा दोहो¥याउने भएको छ । नेमकिपाले भक्तपुरको प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशी, सूर्यविनायक प्रमुखमा श्याम बिसंखे र उपप्रमुखमा चनमति खुलीमुली, चाँगुनारायणको प्रमुखमा केशव तिमिल्सिना, उपप्रमुखमा कल्पना लामा र मध्यपुरथिमिको प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बाडेले मनोनयन दर्ता गर्नुभएको नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकाको प्रमुखमा रवीन्द्रप्रताप शाह, उपप्रमुखमा मञ्जु कार्की, भक्तपुर नगरको प्रमुखमा बद्री लाखाजु, उपप्रमुखमा लक्ष्मी छुस्याबाग, मध्यपुरथिमिको प्रमुखमा भुवन बागश्रेष्ठ, उपप्रमुखमा शान्ति श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण ढुङ्गेलले मनोनयन दर्ता गराउनुभएको राप्रपाका शाहले जानकारी दिनुभयो । जिल्लाका चार पालिकाको ३८ वटा वडामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा र राप्रपाले सबै पदाधिकारीमा उम्मेदवारी दर्ता गराएको छ ।

उम्मेदवारी दर्ताकै क्रममा सूर्यविनायक नगरपालिकामा नेतृत्वले आफूलाई धोका दिएको भन्दै नेपाली कांग्रेस पूर्वक्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि नारायण खायमलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी आजै राजीनामा दिनुभएको छ । उहाँले पार्टीलाई राजीनामा दिएर सूर्यविनायक नगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीले आफूलाई पटकपटक धोका दिएर खेलाएको भन्दै आफूले कांग्रेसविरुद्ध बागी उम्मेदवारी नदिई स्वतन्त्र भएर उम्मेदवारी दिएको बताउनुभयो ।

एमाले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा पनि एमालेकी सरस्वती घिमिरेले बागी उम्मेदवारी दिनुभएको छ । एमालेबाटै सूर्यविनायक वडा नं २ को वडाध्यक्षमा स्वतन्त्र भन्दै निरोज कार्की र वडा नं १० को वडाध्यक्षमा कृष्णबहादुर कार्कीले स्वतन्त्र उम्मेदवार भन्दै बागी उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जिल्लाका चार वटै नगरपालिकामा विभिन्न पदमा मनोनयन दर्ता गर्ने काम राति १० बजेसम्म पनि जारी रहने र अन्तिम नामावली तयार पार्न मध्यराति हुने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com