लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको सुझाव


प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिनुभएको छ । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उहाँले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको ‘आम सञ्चार र महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनका लागि आफ्नो सीप र क्षमता बढाउँदै जानुपर्ने सुझावसमेत दिनुभयो । प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले सामाजिक न्याय, लैङ्गिक र महिलामैत्री समाज निर्माणका लागि सञ्चारमा महिलाको दरिलो उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा उपसभामुख कृष्णी थारुले यो वा त्यो भन्दै पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकारसमेत खोस्ने काम भएकाले त्यसविरुद्ध आवाज उठाउन आग्रह गर्नुभयो ।
कानून महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले हरेक बजेटलाई लैङ्गिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासँग छलफलसमेत थालेको बताउनुभयो ।

सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले लैङ्गिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यावसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा चर्चा गर्नुभएको थियो ।
उहाँले व्यावसायिक सीप र क्षमता बढाउँदै महिला पत्रकार प्रतिस्पर्धामा उत्रिरहेका छन् तर पुरुषको तुलनामा उनीहरुलाई स्थापित हुन समस्या र चुनौती हुने भए पनि समाधान गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । सोही समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले लैङ्गिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका पाँच दर्जनभन्दा बढी महिला पत्रकार सहभागी भए । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com