अमेरिकाको बोष्टनमा १२ औ तलाबाट खसेर नेपाली युवाको निधन भएको छ । कामको शिलशिलामा दुर्घटना हुँदा बुधबार ३५ वर्षिय दीपक नेपालको मृत्यु भएको हो ।
क्यामरिज सिटीको हाउजिङ डिपार्मेन्टमा काम गर्दै आएको उनी कामको शिलशिलमा १२ औ तलाबाट खसेको भनिएपनि के कारणले दुर्घटना भएको हो भन्नेबारे स्पष्ट छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
चितवनको इच्छाकामना ३ तुम्लिङटारका दीपकका श्रीमती तथा पाँच र दुई वर्षका दुई छोरी छन्। दीपकका आमा बुबा पनि बोस्टनमा सँगै बस्दै आएका छन् । उनी डिभि परेर सन् २०१२ मा अमेरिका आएको जनाइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।