बेलायतले युक्रेनमा अर्को हप्ता दूतावास पुनः सञ्चालन गर्ने


प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार

बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो ।

युक्रेनको राजधानी किभमा दूतावास पुनः सञ्चालन गर्न गृहकार्य भइरहेको प्रधानमन्त्री बोरिस जोनसनले जानकारी दिनुभएको छ ।

हाल भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री जोनसनले शुक्रबार भारतमा भन्नुभयो, “हामी अति चाडै नै सम्भवतःः अर्को हप्ता नै किभमा बेलायतको दुतावास पुनः सञ्चालन गर्ने तयारीमा छौँ ।” उहाँ दुई दिने भ्रमणका लागि बिहीबार भारत आउनु भएको हो ।

किभमा दूतावास खोल्नका लागि बेलायतबाट कुटनीतिज्ञहरू त्यस तर्फ गइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि गम्भीर सुरक्षा चुनौती रहेकाले आफूहरू किभमा बस्न नसक्ने भन्दै बेलायती कुटनीतिज्ञहरूले दूतावास नै बन्द गरेर स्वदेश फर्किएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com