मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु-याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।