नेपाली पार्कर खेलाडीको सम्मानमा अमेरिकाको ओहायो एक्रोन सहरमा ‘दिनेश सुनार डे’


प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार

अमेरिकाको आहाओ राज्य अन्तरगत एक्रोन सहरका मेयरले नेपाली पार्कर खेलाडी दिनेश सुनारको सम्मानमा ‘दिनेश सुनार डे’ प्रदान गरेका छन् । २०२२ को अप्रेल २१ लाई सुनारप्रति  समर्पित गर्दै यो सम्मान  प्रदान गरिएको हो ।

पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकाको आहाओ राज्य अन्तरगत एक्रोन सहरका मेयर डेनियल होरिगले सममान गरेका हुन ।

मेयरको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी  सुनारलाई सम्मान  गरिएको हो । उनको सम्मान कार्यक्रममा अमेरिकामा रहेका नेपाली समाजका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

सममान कार्यक्रममा बोल्दै दिनेशले यो बर्ष छैटौं पटक गिनिज बूकमा नाम लेखाउने तयारीमा रहेको बताएका छन् । दिनेश भन्छन्, ‘बाल्यकालमा उफ्रिँदाउफ्रिँदै सिकेको खेलले गिनिज बूकमा नाम लेखाउँला भन्ने त कुनै कल्पना नै थिएन।’ दिनेश बालुवामा तालिम गरेर स्थापित भएका सङ्घर्ष सिल पार्कर खेलाडी हुन ।

अन्तर्राष्ट्रिय पार्कर खेलाडी सुनारमा ठूल्ठूला ढिस्कोबाट उड्ने (दुई स्टेपसम्म), भित्तामा उफ्रिने अनि भीरपाखाबाट हाम्फाल्ने अद्भुत क्षमता छ ।बाल्यकालमा यसरी उफ्रिँदा साथीहरूले हनुमान उपनाम दिएका थिए ।

चरा जसरी उड्ने, चितुवाको गतिमा दौडने र खतरासँग खेल्ने बाल्यकालदेखिको अद्भुत क्षमतालेनै उनी ५ पटकसम्म गिनिज बूकमा नाम लेखाउन सफल भएका हुन ।

 

दिनेश सुनार : गाउँमा हनुमान, गिनिज बुकमा रेकर्ड ब्रेकर पार्कर खेलाडी

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com