बेलायतका प्रधानमन्त्री भारतमा


प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुग्नुभएको छ । उहाँ बिहीबार गुजरात आइपुग्नुभएको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । उहाँ बिहबार बिहान गुजरात आउनुभएको र उहाँले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्नुहुने जनाइएको छ ।

गुजरातबाट प्राप्त भएको समाचारमा बेलायतका प्रधानमन्त्री जोनसनले आज नै यहाँका व्यावसायिक प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । गुजरात भारतीय मूलका बेलायती नागरिकहरुमध्ये करिब आधाजति नागरिकहरुको जन्मस्थल हो । गुजरातमा उहाँले व्यापारिक समुदायका नेताहरुसँगको भेटघाटका क्रममा भारत र बेलायतका बीचको लगानीका विषयमा कुराकानी गर्नुहुने बताइएको छ ।

उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुने जनाइएको छ । यसअघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो ।

भारत र बेलायतमा नै कोरोना भाइरसको बढ्दो प्रकोपबाट ठूलो क्षति पुगेको थियो । यस पटक पनि उहाँले भारतमा रहँदा यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिपक्षा र जनता जनताबीचको सम्पर्क एवं हरित गृहलगायतका विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै यस भ्रमणका क्रममा उहाँहरुका बीचमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने भएको बताइएको छ । बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ । प्रधानमन्त्री जोनसन हालैमात्र युक्रेनको राजधानी किभ पुग्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com