जब ताइवानमा चीनले आक्रमण गरेको अलर्ट प्रसारण भयो…


प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार

एक ताइवानी टेलिभिजन स्टेसनले बुधबार (अप्रिल २०) भूलवश चीनले ताइवानमाथि आक्रमण सुरु गरेको समाचार प्रसारण गरेप्रति माफी मागेको छ। २.३ करोड जनसङ्ख्या भएको ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग मान्छ । उसले पटक पटक ताइवानलाई एक दिन चीनमा जोडेरै छाड्ने बताउँदै आएको छ। आवश्यक परे बल प्रयोगको सम्भावनालाई नकारेको छैन।

ताइवानमा मुख्यालय रहेको चाइनिज टेलिभिजन सिस्टम९सीटीएस०ले उसको टिभी च्यानलको स्क्रिनमा कयौँ पटक चिनियाँ आक्रमणसम्बन्धी अलर्ट न्युज राखेको थियो। ‘न्यु ताइपेई सिटीमा कम्युनिस्ट सेनाको मिसाइल आक्रमण’, ‘ताइपेई बन्दरगाहमा कैयौँ सवारीसाधन विस्फोट, बन्दरगाह संयन्त्र र जहाजहरूमा क्षति’ जस्ता अलर्ट न्युज सीटीएस स्क्रिनमा दोहोरिरहेका थिए।

त्यसबाहेक पनि ‘कम्युनिस्ट चीनको लगातार युद्ध अभ्यास, (ताइवानी) राष्ट्रपतिद्वारा आपत्कालीन निर्देशन’ र ‘युद्ध भड्किन सक्छ, न्यु ताईपेई सिटीले संयुक्त आपतकालिन कमाण्ड र कन्ट्रोल सेन्टर सक्रिय गरायो ’ जस्ता अलर्ट पनि स्क्रिनमा देखाइएको थियो।

सिटीएसका अनुसार उसका एक कर्मचारीले न्यु ताईपेई सिटीको अग्निनियन्त्रण विभागले निर्माण गर्न दिएको विपद नियन्त्रण तयारीको सामग्रीलाई भूलवश समाचार ठानेपछि सो गम्भीर गल्ती भएको बताएको छ। ‘हाम्रो गम्भीर गल्तीले आम सर्वसाधारणमा सिर्जना गरेको आतङ्क र अप्ठ्यारोको लागि हामी इमानदारितापूर्वक माफी चाहन्छौँ,’ टेलिभिजन कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनमाथि रुसी आक्रमण गरेपछि चीनबाट ताइवानमा उस्तै खालको आक्रमण हुने हो की भन्ने डरमाझ यो झुटो युद्ध अलर्टले धेरैलाई त्रसित बनायो। ​सिटीएसले उसका सम्पूर्ण च्यानलमा भुलसुधार तथा क्षमायाचना जारी गरेको बताएको छ। साथै उसले आन्तरिक अनुसन्धानपछि यो घटनामा जिम्मेवार व्यक्तिलाई ‘कडा कारबाही’ गर्ने चेतावनी दिएको छ।साउथ चाइना मर्निङ पोष्टबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com