समुन्द्रमा ट्राफिक जाम : चीनको सांघाई बन्दरगाहमा हजारौं जहाज अलपत्र,यस्तो छ कारण


प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार

सांघाईमा कोरोनाका कारण विगत एक महिनादेखि लकडाउन छ । सडकमा सवारी साधन चलेका छैनन्, प्रहरी प्रशासन र अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई मात्र बाहिर निस्कन दिइएको छ । जसका कारण सांघाईभर आर्थिक गतिविधि पनि ठप्प भएको छ । लकडाउनको सबैभन्दा नराम्रो असर सांघाई बन्दरगाहमा देखिएको छ ।

यहाँ ठूलो संख्यामा कार्गो जहाज पार्क गरिएका कारण पूर्वी चीन सागरमा अघोषित ट्राफिक जाम भएको छ ।  सांघाई पोर्टमा जताततै जहाजहरू रोकिएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरहरूले सांघाईको बन्दरगाहमा जहाजहरू धेरै नै देखिन्छन्। जसका कारण पूरै बन्दरगाह कार्गो जहाजको चापले भरिएको छ ।

बन्दरगाहबाट केही किलोमिटर टाढा खुला समुन्द्रमा जहाज पनि उभिएको देखिन्छ । सामान ओसारपसार गर्न नपाउँदा जहाजका चालक दल पनि खुला समुन्द्रमा अलपत्र परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै जहाजहरूमा, खाना, पेय र दैनिक आवश्यकताहरूको पनि अभाव छ। यति हुँदाहुँदै पनि चीन आफ्नो कडा नियमलाई कत्ति पनि खुकुलो बनाउन तयार छैन।

यी जहाजहरूलाई कहिले बन्दरगाहमा प्रवेश गर्न दिइने वा बन्दरगाहमा उभिएका जहाजहरूलाई कहिले बाहिर निस्कन दिइने भन्ने अझै स्पष्ट छैन।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com