अमेरिकामा विमान र ट्रेनहरुमा अब मास्क अनिवार्य नहुने


प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार

अमेरिकामा अब विमान र ट्रेनहरुमा मास्क अनिवार्य नहुने भएको छ । फ्लोरिडाको संघीय अदालतका न्यायाधिसको आदेशपछि बाइडेन प्रशासनले सार्वजनिक यातायातमा मास्क अनिवार्य नगर्ने भएको हो ।

कोरोना महामारीको फैलावट रोक्नका लागि ह्वाइट हाउसले १४ महिना अगाडि ल्याएको मास्क अनिवार्यको नियम अदालतले गैरकानूनी ठहर गरेको हो । अदालतको आदेश लगत्तै अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स लगायत राष्ट्रिय ट्रेन लाइन एमट्रयाकले पनि मास्कबारेको नियम हटाएको छ ।

गत साता अमेरिकाका स्वास्थ्य अधिकारीहरुले सार्वजनिक यातायात विमानहरु, ट्रेन, ट्याक्सी, उबर र ट्रान्जिटमा मास्क अनिवार्यको नियम मे ३ सम्म लम्बाएका थिए । हावाबाट सर्ने कोरोनाभाइरसका कारण पछिल्लो समयमा कोरोनाको संक्रमण बढेको उल्लेख गर्दै यस्तो नियम ल्याइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

औद्योगिक समुहहरु र रिपब्लिकन सांसदहरुले बाइडेन प्रशासनको मास्क अनिवार्य गर्ने १४ महिना पुरानो नियमको अन्त्य चाहेका थिए । डोनाल्ड ट्रम्पले नियुक्त गरेका न्यायाधिस क्याथरिन किम्बल मिजेलले मास्क अनिवार्यको नियम गैरकानूनी भएको ठहर गरेका हुन् ।

ह्वाइट हाउसले अदालतको निर्णयलाई निराशाजनक बताएको छ । एयरलाइन्सहरुले अब विमान चढ्दा मास्क वैकल्पिक रहेको बताएको छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com