रुसले पूर्वी युक्रेनलाई ‘मुक्त’ गर्ने उद्देश्य लिएको छः रक्षामन्त्री


प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार

 

रुसका रक्षामन्त्रीले मङ्गलबार मस्कोले पूर्वी युक्रेनलाई ‘मुक्त’गर्न खोजिरहे पनि पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्।

‘हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं,’सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन् । तर वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेका छन्।

रूसी केन्द्रीय बैंकद्वारा नयाँ भुक्तानी प्रणाली शुरु

रूसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ।

विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण र विकासको लागि युरोपीयन बैंक, जर्मन इन्भेस्टमेन्ट कर्पोरेशन र इन्टरनेशनल फाइनान्स कर्पोरेशन लगायातको संस्थाहरूको अंश रहेको रूसी वाणिज्य बैंक ट्रान्सक्यापिटलले हेलो भुक्तानी प्रणाली शुरु गरेको हो ।

यस नयाँ प्रणालीबाट रकमान्तरण गर्न सकिनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com