मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे


प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार

–नवीन लामिछाने

हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो । मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ ।

इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर यहाँ रोपेको हो । स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती आजसम्म जिल्लाभरि फैलिएको छ । यहाँ चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नाँसो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ ।

अहिले मनाङमा तीन जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरुको भनाइ छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् भने केही स्थानमा रैथाने र विकासे स्याउ पनि फल्न गरेका छन् । मनाङको स्याउले काठमाडौँ, पोखरा, लमजुङलगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ । पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ भने मनाङे स्याउ पाए भने मन नपराउने भने कोही नेपाली छैनन् । पछिल्ला दिनहरुमा सडक सञ्जालसँग मनाङ जिल्ला जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको किसानको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला डुम्रे–बँेसीसहर–चामे सडकखण्ड जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन् । उनीहरु भन्छन्, “गर्नसक्यो भने मनाङको स्याउको इज्जत नै अर्कैछ, तर ठूला शहर बजार टाढै छन्, त्यसले गर्दा मुख्य समस्या ढुवानीमै छ ।” वर्षदिनमै उत्पादन दिने र राम्रो बजार पाइन थालेपछि स्थानीय बासिन्दा इटालियन स्याउतर्फ आकर्षित भएका हुन् ।

एग्रो मनाङले ७३५ रोपनी जग्गामा स्याउखेती गरेको छ । एग्रोले ६ वर्षअगाडि इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर रोपेको हो । स्याउखेती गर्दै आएका एग्रो मनाङका समराज गुरुङले राम्रो उत्पादन भइरहेको बताउनुभयो  । यो मनाङको हावापानी सुहाउँदो स्याउ भएको उहाँको भनाइ छ  । स्याउ फर्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । “हरेक वर्ष स्याउको उत्पादन वृद्धि भइरहेको छ भने बिक्री वितरण गर्ने दर पनि वृद्धि भएको छ । राज्यले स्याउ खेतीलाई प्राथमिकता दिएको र यहाँका किसानले पनि मेहनत गर्ने भएकाले हरेक वर्ष मनाङमा स्याउ उत्पादन बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

स्याउलाई स्टोर गर्न भ्राताङ, बेँसीसहर र काठमाडौँमा शीतभण्डार बनाएको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com