युक्रेनको लभिभ शहरमा पाँच ‘शक्तिशाली’ मिसाइल आक्रमण


प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार

युक्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ।

ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन।

घाइतेको संख्या आठ पुगेको छ भने मृत्यु हुनेको संख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ।

रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ शहरमा आएका थिए। खार्किभ, कीभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च १३ मा पश्चिमी युक्रेनी शहर ल्भिभमा रुसी सेनाले कुनै पूर्व जानकारीविना त्यस शहरमा एक्कासि आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको थियो।

गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।

उक्त आक्रमण पछि रुसले अहिले अन्तरराष्ट्रिय दबाबको सामना गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com