साउथ क्यारोलिनामा १४ जना घाइते भएको गोली काण्ड लगत्तै रेष्टुरेण्टमा ९ जनामाथि गोली प्रहार


प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार

अमेरिकाको साउथ क्यारोलिनामा व्यस्त सपिङ मल कोलम्बियाना सेन्टरमा १गोली प्रहार भएको घटना सेलाउन नपाउँदै साउथ क्यारोलिनामै रेष्टुरेण्टमा गोली प्रहारको घटना भएको छ । शनिबार सपिङ मलमा गोलीकाण्ड भएको थियो भने आइतबार रेष्टुरेण्टमा भएको गोलीकाण्डमा ९ जना घाइते भएका छन् ।

ह्याम्पटन काउन्टीको कारा लाउन्ज फरम्यानमा गोलीकाण्डको घटना भएको हो । के कारणले यो घटना भएको हो भन्नेबारे केही बताइएको छ । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शनिबार सपिङ मलमा भएको घटनामा १४ जना घाइते भएका थिए ।

शनिबारको घटनामा संलग्न भएको अभियोगमा ३ जना बन्दुकधारीहरुलाई पक्राउ गरिएको छ । तीनजनामध्ये एकजनाले बन्दुक चलाएको प्रहरीको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनामा कसैको पनि ज्यान गएको छैन । तर ८ जना घाइतेहरुलाई अस्पतालमा लगिएको अधिकारीहरुले जनाएका छन् । २ जनाको अवस्था गम्भिर रहेको र ६ जनाको अवस्था स्थीर रहेको जनाइएको छ ।

घाइतेहरु १५ बर्षदेखि ७३ बर्षसम्मका रहेका छन् । गोलीकाण्डपछि सपिङ मलमा भागदौड मच्चिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com