मारिउपोल शहर पूर्ण रुपमा ध्वस्त भयो तर युक्रेनी सेनाले आत्मसमर्पण गरेनन्,रुसी हवाई आक्रमण जारी


प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार

युक्रेनका विदेशमन्त्रीले माउरिपोल सहर पूर्ण रुपमा ध्वस्त भएको बताउँदै भनेका छन् ‘अब केही अस्तित्व रहेन ।’ दक्षिण-पूर्वी बन्दरगाह भएको यो महत्वपूर्ण सहरमा रुसले विगत दुई महिनादेखि आक्रमण गरिरहेको छ। अहिले यो सहर पूरै ध्वस्त भएको छ।

विदेशमन्त्री दिमित्रो कुलेबाले सीबीएस कार्यक्रम फेस अफ द नेसनमा बोल्दै भने रूसी सेनाहरू ‘कुनै पनि मूल्यमा सहर नष्ट गर्न कटिबद्ध छन्।’

अर्कोतर्फ युक्रेनका अधिकारीहरुले युक्रेनको हरेक सहरमा रुसी गोलाबारी र हवाई आक्रमण जारी रहेको बताएका छन् ।

आइतबार, युक्रेनी सैनिकहरूले मारिउपोलमा रसियासमक्ष आत्मसमर्पण गर्न अस्वीकार गरे। शहरमा रुसले सोमबारदेखि मारिउपोल सहरमा प्रवेशमा प्रतिबन्ध लगाउने योजना बनाएको बताएका छन्।

खार्किभमा भएको गोलाबारीमा पाँच जनाको मृत्यु भएको र १३ जना घाइते भएको बताइएको छ ।

ओडेसा बन्दरगाह नजिक रहेको माइकोलाइभका गभर्नरले य लगातार रकेट प्रहार भइरहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com