कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई २ लाख ७५ हजार पुरस्कार दिने


प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो/भिडियो) निर्माण गरी प्रचार प्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु दुई ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो ।

उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरु (अडियो/भिडियो)निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com