अमेरिकीले युक्रेनमा उच्चस्तरीय अधिकारी पठाउने : राष्ट्रपति बाइडेन
प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्न अमेरिकाबाट उच्चस्तरीय अधिकारीलाई युक्रेन पठाउने विचार गरिरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनलाई युक्रेन भ्रमणबारे प्रश्न सोधिएको थियो । यसबारे उनले भने, ‘हामीले यो निर्णय लिइरहेका छौं । आफू जान तयार हुनुहुन्छ कि भनेर सोध्दा उनले ‘हो तयार छु ।’
राष्ट्रपति बिडेनको टिप्पणी पछि, व्हाइट हाउसका एक अधिकारीले फक्स न्यूजलाई भने, ‘अमेरिकी राष्ट्रपतिलाई युक्रेन पठाउने कुनै योजना छैन।’ रुस–युक्रेन युद्ध सुरु भएपछि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनको छिमेकी मुलुक पोल्याण्डको भ्रमण गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गर्ने सम्भावना छ ।
धेरै युरोपेली नेताहरूले राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि गत हप्ता युक्रेनको भ्रमण गरेका थिए ।






