‘रुसी सेनाले मलाई बलात्कार गरे, श्रीमान मारिदिए’


प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार

 

रुसको सेना अब युक्रेनको राजधानी किभबाट बाहिरिइसकेको छ । तर आफ्नो पछाडि उनीहरुले यस्तो जीवन छोडेर गएका छन् जो सायद यो आघातबाट कहिल्यै बाहिर निस्कन    सक्दैनन् ।       बीबीसीको टिमले यस्ता थुप्रै महिलाको कुरा सुनेको छ र युक्रेनका महिलामाथि रुसी सैनिकले बलात्कार गरेको यस्ता थुप्रै प्रमाण भेटिएका छन् ।

चेतावनी : यो रिपोर्टमा यौन हिंसासँग जोडिएका विचलित गर्ने खालका जानकारी छन् । किभबाट पश्चिम दिशामा ७० किलोमिटर टाढा एक शान्त ग्रामिण इलाकामा हाम्रो भेट ५० वर्षीया एनासँग भयो । उनको पहिचान सुरक्षित राख्नका लागि उनको नाम फेरिएको छ । एनाले अघिल्लो मार्च ७ तारिखमा उनी आफ्ना श्रीमानसँग घरमा बसिरहेका बेला विदेशी सैनिक उनको घरमा प्रवेश गरेको बताइन् ।

उनी भन्छिन्, ‘उनीहरुले बन्दुक देखाएर मलाई नजिकैको घरमा लिएर गए । उनले मलाई ‘आफ्नो कपडा फुकाल नभए गोली हानिदिन्छु’ भनेर धम्की दिए । उनले मलाई उनको आदेश नमानेको खण्डमा मलाई मारिदिने भनेर बारम्बार धम्की दिइरहेका थिए । त्यसपछि उनले मेरो बलात्कार गर्न सुरु गरे ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनाका अनुसार उनीमाथि हमला गर्ने व्यक्ति एक युवा, दुब्लो–पातलो र रुसका थिए । उनी भन्छिन्, ‘जब उनले मेरो बलात्कार गरिरहेका थिए । यसैबीच चार अन्य सैनिक आए । त्यतिबेला मलाई म अब बाँच्दिन भन्ने लाग्यो । तर उनले तिनीहरुलाई बाहिर लिएर गए र मैले त्यसपछि उनलाई कहिल्यै देखिनँ ।’

उनलाई रुसी सैनिकको अर्को समूहले उनलाई बचाएको उनी मान्छिन् । एना जब घर फर्किइन् तब उनले आफ्ना श्रीमानलाई घाइते अवस्थामा भेटिन्, उनको पेटमा गोली लागेको थियो । एना भन्छिन्, ‘उनी मलाई बचाउन मेरो पछाडि भागेका रहेछन् । तर उनलाई गोली हानियो ।’

त्यसपछि एना र उनका श्रीमानले आफ्ना छिमेकीकोमा शरण लिए । तर बाहिर संघर्ष जारी भएका कारण एनाका श्रीमानलाई अस्पताल लैजान सकिएन । र त्यसको दुई दिनपछि उनको मृत्यु भयो । आफ्नो पीडादायी कहानी सुनाउँदै गर्दा एना लगातार रोइरहिन् ।

उनले हामीलाई आफ्नो घर पछाडिको त्यो स्थान देखाइन् जहाँ उनले आफ्नो छिमेकीको मद्दतले आफ्ना श्रीमानलाई गाडेकी थिइन् ।
र यो समाधि स्थलको सिरानमा काठको एउटा ठूलो क्रस राखिएको थियो । एनाले आफू स्थानीय अस्पतालको सम्पर्कमा भएको र त्यहाँबाट मानसिक सहायता लिइरहेको बताइन् ।

एनालाई बचाउने सैनिक केही दिनसम्म उनको घरमा बसे । उनका अनुसार यी सैनिकले उनलाई बन्दुक देखाएर उनका श्रीमानको सामानहरु दिन भन्ने गर्दथे ।

उनी भन्छिन्, ‘जब उनीहरु यहाँबाट गए तब मैले ड्रग्स र भियाग्रा भेटेँ । उनीहरु धेरैजसो नसामा रहन्थे र तीमध्ये धेरैजसो हत्यारा, बलात्कारी र लुटेरा थिए । केही मात्रै ठिक थिए ।’

बलात्कारपछि हत्याः

एनाको घरभन्दा केही टाढा हामीले अर्को पीडादायी कहानी सुन्यौँ । यहाँ एक महिलालाई कथित रुपमा बलात्कारपछि हत्या गरियो । छिमेकीका अनुसार महिलाको बलात्कार र हत्या त्यहि व्यक्तिले गरे जसले एनाको बलात्कार गरेका थिए र एना घर पुग्नुअघि नै उनले यस्तो गरेका थिए ।

छिमेकीका अनुसार यी महिलाको उमेर ४० वर्ष आसपास होला । उनलाई उनको घर नजिकै एक खाली घरको बेडरुममा लगियो । यो घरमा बस्नेहरु युद्ध सुरु भएपछि आफ्नो घर छोडेर गएका थिए ।

निकै राम्रोसँग सजाइएको यो घरको यो असाध्यै राम्रो कोठा अहिलेसम्मको सबैभन्दा भयानक क्राइम सीन हो । डसना र सिरकमा रगतका टाटा छन् । यो कोठाको कुनामा एउटा सिसा छ जसमा लिपस्टिकले एउटा नोट लेखिएको छ । यस्तो लाग्छ कि यो नोटमार्फत् पीडितलाई गाडिएको स्थानबारे बताइएको छ ।

छिमेकमा बस्ने ओक्सानाका अनुसार यो नोट रुसी सैनिकले लेखेका थिए जसले यी महिलाको शव भेटेका थिए । त्यसपछि रुसी सैनिकले नै यी महिलालाई गाडेका थिए ।

उनी भन्छिन्, ‘उनीहरुले (रुसी सैनिक) ले मलाई यी महिलामाथि बलात्कार भएको र उनको घाँटी काटिएको थियो र उनलाई चक्कूले प्रहार गरिएको थियो । रगत अत्यधिक बगेका कारण उनको मृत्यु भयो । उनले त्यहाँ असाध्यै धेरै रगत लत्पत्तिएको बताए ।’

यो महिलालाई त्यसै घरको बगैँचामा गाडिएको छ ।

हामी पुगेको एक दिनपछि प्रहरीले उनको शवलाई बाहिर निकाल्यो, अनुसन्धानका लागि । यी महिलाको शरीरमा कुनै पनि कपडा थिएन र उनको घाँटीमा एउटा गहिरो र लामो काटिएको निशान थियो ।

एक होइन थुप्रै घटनाः

किभ क्षेत्रको प्रहरी प्रमुख एन्द्री नेबयतोफले उनको विभाग किभबाट पश्चिममा ५० किलोमिटर टाढा स्थित इलाकामा एउटा यस्तै घटनाको अनुसन्धान भइरहेको छ ।

यो मामिलामा एक परिवार आफ्नो सानो बच्चासँग गाउँको किनारामा बस्थ्यो ।

नेबयतोफ भन्छन्, ‘९ मार्चमा रुसी सेनाका थुप्रै सैनिक उनको घरमा छिरे । श्रीमानले आफ्नी श्रीमती र बच्चालाई जोगाउने कोसिस गरे । त्यसैले उनीहरुले श्रीमानलाई घर बाहिर निकालेर गोली हाने ।’

त्यसपछि दुई सैनिकले बारम्बार श्रीमतीको बलात्कार गरे । उनीहरु फिर्ता हुन्थे, त्यसपछि पुनः आउँथे । उनीहरु तीन पटक उनको बलात्कार गर्न फर्किए । प्रतिरोध गरे उनको बच्चालाई हानी हुने काम गर्ने धम्की दिएका थिए । आफ्नो बच्चाका लागि उनले कुनै प्रतिरोध नगरी चुपचाप सहिन् ।’

जब सैनिक त्यहाँबाट गए तब उनीहरुले महिलाको घर जलाएर उनको कुकुरलाई गोली हाने ।

तर यी महिला आफ्नो बच्चासँग भाग्न सफल भइन् । नेबयतोफका अनुसार उनको समूहले यी महिलालाई भेटेर उनको बयान लिएका छन् ।

प्रहरीले पछिल्लो केही समयदेखि यी पीडितको घरमा प्रमाणको खोजी गरिरहेका छन् । तर यो स्थान मात्र एउटा ढाँचा हो । र नराम्रोसँग जलिसकेको यो घरमा शान्तिले भरिएका पुराना दिनका हल्का झलक मात्रै भेटिन्छन् । खसानीको थुप्रोमा हामीले बच्चाको एउटा साइकल, एउटा खेलौना, कुकुरको पेटी र पुरुषले चिसो महिलामा लगाउने जुत्ता पायौँ ।

यी पीडितका छिमेकीले उनका श्रीमानलाई बगैँचामा गाडे । अब प्रहरीले उनको पार्थिव शरीर बाहिर निकालेर अनुसन्धान थालेको छ  ,प्रहरीका अनुसार उनीहरु यो मामिलालाई अन्तरराष्ट्रिय अदालतमा लिएर जान चाहन्छन् ।-बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com