न्युयोर्कको ट्रेनमा २३ जना घाइते हुनेगरी गोली चलाउने व्यक्ति सर्वसाधारणको टिप्सबाट पक्राउ


प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार

न्युयोर्कको ट्रेनमा २३ जना घाइते हुनेगरी गोली चलाउने व्यक्ति सर्वसाधारणले दिएको टिप्सको आधारमा पक्राउ परेको अधिकारीहरुले जनाएका छन् । गोली चलाउने ६२ बर्षको फ्रयांक जेम्सलाई बुधबार दिउसो पक्राउ गरिएको छ । अधिकारीहरुले बन्दुकधारीबारे सुचना दिनेलाई ५० हजार डलर पुरस्कार तोकेका थिए ।

म्यानहटनको इस्ट भिलेज क्षेत्रबाट कुनै घटनाविना नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । सर्वसाधारणले फोन गरेर उक्त व्यक्ति म्याकडोनाल्डमा रहेको प्रहरीलाई जानकारी दिएका थिए । फोन गर्नेले उक्त व्यक्तिलाई समाचारमा देखेको र प्रहरीले खोजिरहेकाले जानकारी दिएको बताएका थिए ।

फोन गर्ने व्यक्तिले अपरेटरलाई आफू म्याकडोनाल्डभित्र फोन चार्ज गर्दै हुने बताएका थिए । तर उनले फोन नम्बर भने दिएनन् । केही क्षण पछि फोन काटिएको थियो । र ९११ मा अर्को व्यक्तिको फोन आएको थियो । प्रहरी अधिकारीहरु म्याकडोनाल्डमा पुग्दा उनीहरुलाई भेट्टाउन भने सकेनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर एक ब्लक नजिकै गोली चलाउने व्यक्तिलाई देखेको अर्का सर्वसाधारणले जानकारी दिए । त्यसपछि प्रहरीले पक्राउ गर्न सफल भएको थियो । फोनकल आएको झण्डै १ घण्टापछि प्रहरीले दिउसो पौने २ बजेतिर गोली चलाउने जेम्सलाई पक्राउ गर्न सफल भएको थियो । मंगलबारको गोलीकाण्डमा १० जनामाथि गोली लागेको थियो भने अरु १३ जना भागदौड र धुँवाका कारण घाइते भएका थिए ।

गोली चलाउने व्यक्तिले फिलाडेल्फियामामा भ्यान भाडामा लिएर आएको जनाइएको छ । घटनास्थलबाट प्रहरीले ह्याण्डगन लगायतका हतियारका सामाग्रीहरु र विष्फोटकहरु समेत बरामद गरेको थियो । प्रहरीले गाडी सडकमा छाडिएको अवस्थामा भेटाएको थियो ।

घटनामा गोली लागेका १० मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । तर कोहीपनि ज्यान गुमाउने जोखिममा भने नरहेको प्रहरीले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com