थारु समुदायका अगुवा भन्छन्ः ‘पालिका हाक्न सक्षम छौँ’


प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ ।कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारु समुदायका अगुवा पनि दशकौँदेखि बसोबास रहे पनि यहाँ स्थानीय तह राज्य संयन्त्रमा आफ्नो बलियो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन् । मुलुकभरमध्ये सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा मात्रै राना थारु समुदायको बसोबास रहेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा लालझाडी गाउँपालिकामा राना थारु समुदायबाट मदनसेन बडायकले अध्यक्ष र कृष्णपुर नगरपालिकामा रमिता रानाले उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । त्यसैगरी ९२ वटामध्ये केही वडाध्यक्ष पनि राना समुदायले नेतृत्व सम्हालेका छन् । लालझाडीमा अध्यक्ष बडायक माओवादी केन्द्रबाट र उप्रमुख राना नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो ।

कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता रानाले राना थारु समुदायमा पनि शिक्षित र योग्य उम्मेदवार रहेको बताउनुभयो । “अढाइ वर्ष हामीले कानुन, कार्यविधि बनाउन र कोभिडका कारण काम गर्न पाएनौँ ।” उपप्रमुख रानाले भन्नुभयो, “राना थारुको कला, संस्कृत र परिचानका लागि कृष्णपुर नागरपालिकाले बजेट नै विनियोजन गरेर विविध कार्यक्रम सञ्चालन ग-यौँ ।”

आगामी निर्वाचनमा एमालेबाट पुनः उपप्रमुख उम्मेदवार बन्ने बताउँदै रानाले राना थारु समुदायलाई सूचीकृत गराउन पनि आफूहरुले पहल गरेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कञ्चनपुरमा लालझाडी गाउँपालिका, बेलौरी, पुर्नवास, शुक्लाफाँटा, कष्णपुरलगायत सबैजसो पालिकामा राना थारुको बसोबास रहेको छ । “हाम्रो समुदायलाई पनि पालिका माथि ल्याउन दलहरुले पनि उम्मेदवार दिनुपर्छ ।” शुक्लाफाँटा नगरपालिका–१ का दिनाराम रानाले भन्नुभयो, “सधैँभरि अरुलाई मात्रै भोट हाल्ने नियति कुनै समुदायले भोग्नु ठीक कुरो होइन ।” उहाँले राजनीतिक दलहरुले राना समुदायका नागरिकलाई पनि उम्मेदवार बनाउन सुझाव दिनुभयो ।

यहाँ थारुको २५।७ प्रतिशत बसोबास रहेको पाइन्छ । कञ्चनपुरबाट राना थारु समुदायबाट संविधानसभामा पुरन राना, कृपाराम राना र सुदूरपश्चिम प्रदेशसभामा श्यामलाल रानाले प्रतिनिधित्व गरेका छन् । यहाँबाट लवरु राना मन्त्रीसमेत भइसकेको राना थारु अगुवाको भनाइ छ । नेपाल राना थारु समाजको जिल्ला अध्यक्ष प्रेमवती रानाले पार्टी जुनसुकै भए पनि राना थारुको उपस्थिति पालिकामा बढाउनुपर्नेमा आफूहरु छलफल गरिरहेको बताउनुभयो ।

“पार्टी जो भए पनि हाम्रो समुदायको उपस्थिति बढाउन पहल गर्छौं ।” उहाँले भन्नुभयो, “कैलालीभन्दा पनि रानाथारुको बसोबास कञ्चनपुरमा बढी छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com