देशले के दियोभन्दा पनि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छ : वरिष्ठ नेता पौडेल


प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

जनप्रतिनिधि सुविधाभोगी हुन नहुने भन्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “मैले कति सुविधा पाउँछु, मेरो कति उन्नति हुन्छ भन्ने सोच त्याग्नुपर्छ, देशको हितलाई मात्रै ध्यानमा राख्नुपर्छ ।” उहाँले आफ्ना लागि मात्र सोच्न थालियो भने व्यवस्था बर्बादीमा जाने जिकिर गर्नुभयो ।

उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक समेत रहनुभएका नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता औँल्याउनुभयो ।
सुन्दर सहर, सुखी जनता बनाउने अभियानका साथ चिन्तन गर्नुपर्ने जनाउँदै उहाँले विगतमा के गरियो भन्दा पनि अब के गर्ने हो त्यसतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । राजनीति र विकासलाई सँगै अगाडि बढाउनुपर्ने जनाउँदैे गाउँमै जनतालाई बसुँ बसुँ बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले तनहुँको विकासमा वरिष्ठ नेता पौडेलको भूमिकालाई बिर्सन नमिल्ने बताउनुभयो । उहाँले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य सरिता गुरुङले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई जनताले मूल्याङ्कन गर्ने बेला आएको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विकासमा व्यासले थुप्रै काम गरेको बताउँदै अहिलेको जनप्रतिनिधिको कामलाई आगामी जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोख्रेलले स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्वजनप्रतिनिधि रामचन्द्र बस्नेतलगायतले जनप्रतिनिधि उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षको अवधिमा जनताको माग र आवश्यकतालाई ध्यानमा राखी काम गरिएको बताउनुभयो ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com