न्युयोर्कको ब्रुकलिनमा गोली चलाउने व्यक्ति अझै फरार, ५० हजार डलर इनाम घोषणा, घाइतेको संख्या २३


प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार

न्युयोर्कको ब्रुकलिनमा ट्रेनमा गोली चलाउने व्यक्ति अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उक्त व्यक्तिले ट्रेनभित्र धुँवा फैलाउने ग्रिनेड हानेर गोली चलाउँदा १० जना गोली लागेर र १३ जना भागदौड र धुँवाका कारण घाइते भएका छन् ।

गोली चलाउने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले साढे ५ फिट अग्लो फ्रयांक जेम्स नामको अश्वेत व्यक्तिको खोजी गरिरहेको छ । साथै उक्त व्यक्तिबारे कुनै जानकारी भएमा प्रहरीलाई खबर गरिदिन अनुरोध गरिएको छ ।

६२ बर्षीय उक्त व्यक्तिले फिलाडेल्फियामामा भ्यान भाडामा लिएर आएको जनाइएको छ । घटनास्थलबाट प्रहरीले ह्याण्डगन लगायतका हतियारका सामाग्रीहरु र विष्फोटकहरु समेत बरामद गरेको छ । प्रहरीले गाडी सडकमा छाडिएको अवस्थामा भेटाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनामा गोली लागेका १० मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । तर कोहीपनि ज्यान गुमाउने जोखिममा भने नरहेको प्रहरीले जानकारी दिएको छ । अधिकारीहरुले बन्दुकधारीबारे सुचना दिनेलाई ५० हजार डलर पुरस्कार तोकेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com