युक्रेनी सेनाद्वारा चर्चित रुस समर्थक राजनीतिज्ञ पक्राउ


प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार

युक्रेनी सेनाले देशका चर्चित रुसी समर्थक राजनीतिज्ञलाई पक्राउ गरेको छ । विपक्षी नेता भिक्टर मेदवेदचुक देशद्रोहको आशंकामा केही दिनदेखि घरमै नजरबन्दमा थिए तर रुसले युक्रेनमा प्रवेश गरेपछि भागेका थिए।

मेदवेदचुक युक्रेनका सबैभन्दा धनी व्यक्ति हुन् र उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले,रुसले बन्दी बनाएका युक्रेनीहरूलाई रिहा गरे  मेदवेदचुकलाई रिहा गर्न सक्ने बताएका छन् । सरकारले मेदवेदचुकलाई युक्रेनी सैन्य वर्दीमा हातकडी लगाएको फोटो पनि सार्वजनिक गरेको छ।

जेलेन्स्कीले युद्धको ४८औं दिनमा नेता भिक्टर मेदवेदचुकलाई कब्जा लिएको बारे जानकारी दिएका हुन । “यदि मेदवेदचुकले वर्दी लगाउने छनौट गरे भने, उनीसँग अब युद्धको नियम अन्तर्गत कारबाही हुनेछ,” उनले भने।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com