न्युयोर्कको ट्रेन स्टेशनमा १६ जना घाइते हुनेगरी भएको गोलीकाण्डबारे राष्ट्रपति बाइडेनलाई ब्रिफिङ
प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार
न्युयोर्कको ट्रेन स्टेशनमा १६ जना घाइते हुनेगरी भएको गोलीकाण्डबारे राष्ट्रपति बाइडेनलाई ब्रिफिङ गरिएको छ । ह्वाइट हाउस प्रेस सेक्रेटरीका अनुशार घटनाको पछिल्लो अवस्थाबारे राष्ट्रपति बाइडेनलाई औपचारिक जानकारी दिइएको हो ।
@POTUS has been briefed on the latest developments regarding the New York City subway shooting. White House senior staff are in touch with Mayor Adams and Police Commissioner Sewell to offer any assistance as needed.
— Jen Psaki (@PressSec) April 12, 2022
ह्वाइट हाउसका बरिष्ठ कर्मचारीहरु न्युयोर्क सिटीका मेयर एरिक आडम्स र प्रहरी कमिश्नर किचान्ट सिवेलको सम्पर्कमा रहेका छन् । त्यस्तै डिपार्टमेन्ट अफ जस्टिसका एटोर्नी जनरल र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीलाई पनि घटनाबारे ब्रिफिङ गरिएको छ ।
@SecMayorkas has been briefed on the current situation in Brooklyn and is closely following ongoing developments. @DHSgov will continue to support @NYPDnews, other local and state officials, and the people of New York in any way needed.
— Marsha (Catron) Espinosa (@MCatronDHS) April 12, 2022
न्युयोर्कको ब्र्रुकलिनमा ट्रेन स्टेशनमा गोली चल्दा कम्तीमा १६ जना घाइते भएकोमा एकजनाको अवस्था गम्भिर रहेको छ । कम्तीमा १० जनामाथि गोली लागेको र अरु भागदौडमा घाइते भएको जनाइएको छ ।
सनसेट पार्क ३६ स्ट्रीटमा विहान साढे ८ बजे गोली चलेको जनाइएको छ । घटनास्थलमा विष्फोट गराउन बाँकी रहेका कैयन उपकरणहरु भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलका तस्वीरहरुमा कैयन यात्रुहरु रगतपच्छे भएको देखिएको छ । एकजना साढे ५ फुटको अश्वेत व्यक्तिले एकप्रकारको सिलिण्डर खसालेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त व्यक्तिले सुन्तला रंगको भेष्ट र ग्यास मास्क लगाएको जनाइएको छ ।
न्युयोर्क सिटी प्रहरीको बम्ब डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीले एमटीएका कर्मचारीले जस्तै देखिने कपडा लगाएको जनाइएको छ ।
घाइतेहरुलाई नजिकका अस्पतालहरुमा लगिएको छ । घटनाबारे न्युयोर्क सिटीका मेयर एरिक आडम्सलाई पनि जानकारी दिइसकिएको छ ।






