रुसले १० हजारभन्दा बढी नागरिक मार्यो, शवले सडक भरिएको छ : मारियुपोल मेयर
प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार
युक्रेनको मारियुपोलका मेयरले शहरमा युद्धको सुरुवातदेखि हालसम्म कम्तीमा १० हजारभन्दा बढी मारिएको जानकारी समाचार एजेन्सी असोसिएटेड प्रेसलाई बताएका छन् ।
मेयर वेदीम बायशेन्कोले सोमबार भनेका छन्, ‘सडक शवले भरिएका छन् ।’
मेयरले कुनै अज्ञात स्थानबाट कुराकानी गरिरहेका थिए ।
उनले मारियुपोलमा १ लाख २० हजारभन्दा बढी फसेको जानकारी पनि दिएका छन् । उनीहरुलाई खाना, पानी र औषधीको तत्काल आवश्यकता भएको उनले बताए ।
बायशेन्कोले भने, ‘मसँग यस्तो जानकारी छ जस अनुसार रुसी सैनिक शवलाई जम्मा गरेर कुनै ठूलो सपिङ सेन्टरमा फ्रिजमा राखिएका छन् ।’उनी थप्छन्, ‘ट्रकको रुपमा मोबाइल शवदाहगृह घुमिरहेका छन् । तपाईं यसलाई खोल्नुहुन्छ र त्यसमा एउटा पाइप छन् जसमार्फत् यी शवलाई जलाइँदैछ ।’-BBc






