न्युयोर्कमा १६ बर्षकी किशोरीको गोली हानी हत्या गर्ने १७ बर्षकालाई बयस्क सरह मुद्दा


प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार

न्युयोर्कको ब्रोंक्समा १६ बर्षकी किशोरीको गोली हानी हत्या गर्ने १७ बर्षका व्यक्तिलाई बयस्क सरह मुद्दा चलाइने भएको छ । अनलाइनमा पार्टपुर्जा किनेर जडान गरिएको भूताहा बन्दुकबाट किशोरीको हत्या भएको प्रहरीले जनाएको छ ।

युनिभर्सिटी प्रेप चार्टर हाइस्कुलमा ९ कक्षामा अध्ययनरत एन्जिला याम्बोमाथि सेन्ट एन्स एभिन्यु र इस्ट १५६ स्ट्रीटको कर्नरमा गोली हानिएको थियो । उनी विद्यालयबाट फर्कदै थिइन् । उनीसहित ३ जनामाथि गोली हानिएपनि गोलीले एन्जिलाको फोक्सो छेडेपछि मृत्यु भएको थियो ।

बन्दुक चलाउने १७ बर्षको जेरेमिया रायनलाई प्रहरीले घरबाटै पक्राउ गरिसकेको छ । रायनविरुद्ध बयस्क सरह हत्या, हत्याको प्रयास, नरसंहार र आपराधिक बन्दुक बोकेको दुईवटा अभियोगहरु लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक एन्जिलाको दाहसंस्कार मंगलबार गरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com