सर्वोच्चको न्यायाधिसमा पहिलो अश्वेत महिला नियुक्तीका लागि सिनेटमा मतदान गरिदै


प्रकाशित मिति : चैत्र २४, २०७८ बिहीबार

सर्वोच्चको न्यायाधिसमा पहिलो अश्वेत महिला नियुक्तीका लागि आज अमेरिकी सिनेटमा मतदान गरिने भएको छ । सबै डेमोक्रेटिक सिनेटरहरु र केही रिपब्लिकनहरुले उनको नियुक्तीलाई समर्थन गर्दै मतदान गर्ने अपेक्षा गरिएको छ । आज अन्तिम मतदानपछि झण्डै ६ साता लामो प्रकृया पूरा हुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको न्यायाधिसमा केतन्जी ब्राउन ज्याक्सनलाई नियुक्ती प्रस्ताव गरेका हुन् । सर्वोच्चमा पहिलो अश्वेत महिलालाई नियुक्त गरेर बाइडेनले अमेरिकी इतिहासमा नै नयाँ रेकर्ड कायम गर्ने भएका छन् ।

५१ बर्षकी ज्याक्सन अमेरिकाको सर्वोच्च अदालतको २३३ बर्ष लामो इतिहासमा तेश्रो अफ्रिकन अमेरिकन हुनेछिन् भने पहिलो अश्वेत महिला हुनेछिन् । बाइडेनले गतबर्ष उनलाई वासिंटन डिसीमा रहेको पुनरावेदन अदालतमा पदोन्नती गर्नु अगाडि उनले झण्डै ८ बर्ष वासिंटनकै अदालतमा ८ बर्ष न्यायाधिसका रुपमा काम गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सिनेटबाट उनको नियुक्ती सदर भएपछि उनी सर्वोच्चमा उदारबादी न्यायाधिसका रुपमा अबका कैयन बर्ष रहनेछिन् । ज्याक्सनको नियुक्ती सर्वोच्चमा रहेको अहिलेको समिकरणमा भने फेरवदल हुने छैन । अहिले सर्वोच्चमा ६ जना रुढिवादी र ३ जना उदार न्यायाधिसहरु रहेका छन् । उदारवादी न्यायाधिस स्टेफन ब्रेयरकै स्थानमा उनलाई नियुक्त गरिने भएकाले पहिले कै समिकरण कायम रहनेछ ।

त्यस्तै उनको नियुक्तीपछि सर्वोच्चमा ५ जना पुरुष र ४ जना महिला न्यायाधिस हुनेछन् । यो पनि अमेरिकी इतिहासमा नयाँ रेकर्ड हो । सन् २००९ मा अमेरिकाको सर्वोच्च अदालतमा ८ जना पुरुष र एकजनामात्र महिला न्यायाधिस रहेका थिए । अहिले सोनिया सोटोमेयर, एलेना कागन र एमी कोने ब्यारेट सर्वोच्चका महिला न्यायाधिस हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com