रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बन
प्रकाशित मिति : चैत्र २४, २०७८ बिहीबार
संयुक्त राष्ट्रसंघको महासभाले रुसलाई राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बन गरेको छ । युक्रेनी सहर बुचामा भएको मानवअधिकार उल्लङ्घनलाई लिएर संयुक्त राष्ट्रसंघले यो निर्णय गरेको हो ।
संयुक्त राष्ट्रसंघमा रुसलाई युएनएचसीआरबाट निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थनमा र २४ वटा विपक्षमा मतदान गरेका थिए । ५८ देश अनुपस्थित रहे।
यो मतदानमा भारत अनुपस्थित रह्यो। संयुक्त राष्ट्र संघमा रुस विरुद्धको प्रस्तावमा भएको मतदानमा भारत अहिलेसम्म अनुपस्थित रहेको छ ।
URGENT🚨
The UN General Assembly votes to suspend Russia's membership in the UN Human Rights Council @UN_HRC
In favor: 93
Abstained: 58
Against: 24 pic.twitter.com/6EavdZJspc
— UN News (@UN_News_Centre) April 7, 2022






