अमेरिकाको न्युजर्सीका मेयरले फहराउने भए नेपालको झण्डा


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

अमेरिकाको न्युजर्सीका मेयर स्टेभन फुलपले नेपालको झण्डा फहराउने भएका छन् । आगामी जुन ३० तारिख शुक्रबार ३ बजे एक कार्यक्रमकाबीच मेयर फुलपले नेपालको झण्डा फहराउने जनाइएको छ ।

आगामी जुन ३० लाई न्युजर्सी सिटीले नेपालको झण्डा फहराउने दिवस घोषणा गरेको हो । नेपाल र नेपालीको सम्मानको लागि नेपालको झण्डा फहराउने दिवस मनाउन लागिएको हो । कार्यक्रम २८० ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा हुनेछ ।

कार्यक्रममा उपस्थीतिका लागि विविध नेपाली पहिरनमा सहभागिता जनाउन आयोजकले अनुरोध गरेका छन् । उक्त दिन जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिही शहर बन्ने छ । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । त्यस्तै कोलोराडोको सिटी अफ डेनभरले अप्रिल महिनाको तेश्रो आइतवारलाई नेपाल दिवसका रुपमा मनाउदै आएको छ ।

जर्सी सिटी एक मात्र अमेरिकी शहर हो जसले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) प्रदान गर्न अनुरोध गर्दै सिटी काउन्सिलबाट रिजोलुसन पारित गरेको थियो । जर्सी सिटीले आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) सिटी घोषणा गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्सी सिटी डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डकी सल्लाहकार डा. बिष्णुमाया परियार र जर्सी सिटी नेपाली कम्यूनिटीका प्रदीप परियार थापाको विशेष पहलमा नेपालको झण्डा फहराउने कार्यक्रम हुन लागेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com