को हुन पुटिनका छोरीहरु ? जसमाथि प्रतिबन्ध लाग्यो
प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीलाई पनि प्रतिबन्धको दायरामा सामेल गरेको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उनीहरुलाई राष्ट्रपति पुटिनका ‘दुई छोरीहरु’ भनिएको छ ।
विज्ञप्तिमा उनीहरुको नाम नआएपनि यसअघि नै जारी गरिएको रिपोर्टमा उनीहरु मारिया भोरोन्टोभा र काटेरिना तिखोनोभा रहेको बताइएको छ । यी हुन् पुटिनकी पूर्वपत्नी ल्युडमिलाबाट जन्मिएका छोरीहरू ।
पुटिनले आफ्नो परिवारको बारेमा जानकारी सधैं गोप्य राख्छन्। तर, उनले आफ्ना छोरीहरु रहेको र उनीहरुप्रति गर्व गरेको स्वीकार गरेका छन् । तर, उनले आफ्नो पहिचानलाई लिएर उठ्ने प्रश्नलाई सधैं बेवास्ता गरेका छन् ।
भोरोन्टोभा १९८५ मा जन्म भएको थियो। उनी एन्डोक्रिनोलोजिस्ट र मेडिकल कम्पनीको मालिक हुन्। तिखोनोभाको जन्म १९८६ मा भएको थियो। उनी शिक्षा र व्यापार जगतसँग जोडिएकी छन् । उनी प्रतिभाशाली डान्सर पनि हुन् । उनी अन्तर्राष्ट्रिय रक एन्ड रोल प्रतियोगितामा सहभागी भएकी थिईन ।
जारी विज्ञप्तीमा भनिएको छ, उनीहरुले रूसका आमजनताको खर्चमा आफूलाई समृद्ध बनाएका छन्।-एजेन्सी





