प्रियंकाको आइटमसँगै सकियो ‘फाटेको जुत्ता’


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

सीमा क्षेत्रमा हुने तस्करी र गुण्डागर्दीको कथामा आधारित ‘फाटेको जुत्ता’ को छायांकन सकिएको छ । फिल्मका निर्माता अर्जुनकुमारले ३१ दिनमा पूरा फिल्म खिचिएको जानकारी दिए ।

‘समग्रमा सुटिङ एकदम राम्रो भयो । बीचमा गर्मीका कारण दुई–तीन दिन डिस्टर्ब पनि गर्‍यो,’ उनले भने, ‘पछि एडजस्ट भयौं । तराईको बन्दका कारण पनि पछिल्लो समय सास्ती खेप्नुपर्‍यो ।’

निकेश खड्काको निर्देशन रहेको फिल्मको ‘फोकस…’ बोलको आइटम डान्ससँगै फिल्मको छायांकन सकिएको हो । वीरगन्जको भित्री गाउँहरूको सेटिङमा खिचिएको फिल्मको उक्त आइटम डान्समा ठूलो क्राउडमाझ प्रियंका खुलेको पहिरनमा ठुम्का लगाएकी छन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । कात्तिक १७ मा रिलिज गर्ने गरी जोडतोडले निर्माणमा जुटेको ‘फाटेको जुत्ता’ लाई नीरज कँडेलले खिचेका हुन् भने सम्पादन दीर्घ खड्काको रहेको छ । उक्त आइटम सङमा भने भारतीय प्रवेश मलिकले संगीत दिएका हुन् । फिल्ममा शंकर थापाको समेत संगीत छ । फिल्ममा प्रियंकाका साथमा सौगात मल्ल, रविन्द्र झा, कामेश्वर चौरासियालगायतको अभिनय छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com