कविता सुनुवारको हत्याका अभियुक्त सार्वजनिक


प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार

बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा अभियुक्तलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

कविताको हत्यामा संलग्न रहेकामा बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर कविताको हत्यामा संलग्न भएको पुष्टि गर्दै सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

कोशी जनता माविमा कक्षा १० मा अध्ययरत कविता एसइईको तयारी गर्ने क्रममा मङ्गलबार बिहानै ४ बजे ट्युसन पढ्न स्कुल गएकी र स्कुलमा पनि नपुगेको तथा उनको शव मङ्गलबार बिहान ५ः३० बजेतिर घरभन्दा दुई किलोमिटर पर जशोदा खोलाको किनारमा मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल अनुसन्धनाको क्रममा प्रहरीले सरिता र विनोदलाई पक्राउ गरेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताउनुभयो । मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा कविता हत्यामा संलग्नमध्ये विनोदलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीका अनुसार कविता र सरिता दुवै कक्षा १० मा कोशी जनता मावि बेलकामा अध्ययरनत रहँदै आएको प्रहरीले बताएको छ । कविता र सरिताबीच केही द्वन्द्व रहेको र कविताले सरितालाई नराम्रा कुरा गर्ने गरेको कारण सरिताले सहन नसकेर ठूलाबुबाको छोरा विनोद ढकाललाई भनेर कविताको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान कवितालाई सरिताले मोबाइलमा एसएमएस गरेर चाँडै ट्युसन जान खबर गरेको र सरिताले दाजु विनोदलाई पनि सँगै लिएर पर जङ्गलसम्म गएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।

बाटोमा कविता र सरिताको भेट भएपछि पछाडिपट्टिबाट विनोदले लुकाएर बोकेको बियरको बोतलले कविताको टाउकामा हानेपछि कविता भुइँमा बेहोस भई लड्न पुगेको तथा सोही क्रममा सरिता र विनोदले नजिकैको जशोदा खोलाबाट केही ढुङ्गा बोकेर ल्याई कविताको टाउको र अनुहारमा हानेपछि कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतको आदेशानुसार हत्यामा संलग्न विनोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कविताको हत्याको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाउन तयारी गरेको र सरितालाई भने बालगृहमा राखेर मुद्दा चलाउने तयारी भएको प्रहरीले बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com