रुसी सेनाले सर्वसाधारणको हत्या र महिलालाई बलात्कार गरेका छन् : जेलेन्स्की


प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार

सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेस्कीले आफू रुसका उत्पीडित जनताको तर्फबाट बोलिरहेको बताए । जालेस्कीले युक्रेनमा रुसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन । सम्बोधन गर्दै  उनले भने,’रुसी सेनाले सर्वसाधारणको हत्या र युक्रेनी महिलाहरुलाई बलात्कार गरेको  छ।’

जालेस्कीको बयान बुचा शहरबाट आएको रिपोर्टपछि आएको हो। बुचामा युक्रेनी नागरिकको शव फेला परेको छ । जेलेस्कीले रुसले नरसंहार गरेको आरोप लगाएका छन् ।

अनुवादकको सहयोगमा सुरक्षा परिषद्लाई सम्बोधन गर्दै उनले भने, ‘बुचा सहरमा रुसीहरूले नगरेको कुनै अपराध छैन।’ उनले मानिसहरुलाई सडकमा गोली हानेको, उनीहरुको घरलाई रुसी सैनिकहरुले रमाइलोका लागि निशाना बनाएको दाबी गरे । उनीहरुलाई सडकमा रहेको ट्याङ्कले कुचेर कुवामा फालिदिएको थियो ।

जेलेस्कीले एक पटक फेरि दोहोर्याए भने रसियाले जे गरेको त्यो इस्लामिक स्टेट जस्तो आतंकवादी संगठन नैै हो। राष्ट्रपति पुटिन योस्तो नरसंहार अन्य देशहरूमा फैलाउन चाहन्छन्।

सुरक्षा परिषद्ले दिनु पर्ने सुरक्षा कहाँ छ ? त्यो शान्ति कहाँ छ ? संयुक्त राष्ट्र संघद्वारा ग्यारेन्टी। तर, सुरक्षा परिषदमा युक्रेनका राष्ट्रपतिको आरोपको जवाफ दिँदै रुसका प्रतिनिधिले त्यसलाई अस्वीकार गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com