यूक्रेनमा आन्तरिक रूपमा विस्थापित ७१ लाखभन्दा बढी : राष्ट्रसंघ


प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार

रूसले यूक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी यूक्रेनी आन्तरिक रुपमा विस्थापित भएको अनुमान गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । उनीहरु आफ्नो घर छाडेर भागेको तर देशमै रहेको राष्ट्रसंघले मङ्गलबार जनाएको हो ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासनसम्बन्धी संगठन ९आइओएम०ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो ।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले भन्नुभयो, “युद्धका कारण मानिसहरू आफ्नो घर छोडेर भागिरहेका छन् र जमिनमा भएका मानवीय आवश्यकताहरू अझै बढिरहेको छ ।”

“नागरिकहरूको सुरक्षित उद्धार गर्न र आन्तरिक विस्थापितहरूलाई छिटो–छिटो सहयोग गर्नको लागि अति आवश्यक मानवीय सहायताको सुरक्षित यातायात र वितरण सुनिश्चित गर्न मानवीय मार्ग तत्काल आवश्यक छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रूसले फेब्रुअरी २४ मा यूक्रेनमा आक्रमण गरेपछि लाखौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ४२ लाख भन्दा बढी यूक्रेनी विदेश पलायन भएका छन् ।

आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रबारसम्म यूक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ ।

झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख यूक्रेनको पूर्बी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन् ।

सर्वेक्षणले देखाएअनुसार ४१ प्रतिशत अर्थात् २।९ करोड आन्तरिक रूपमा विस्थापितहरू अहिले देशको पश्चिमी क्षेत्रमा रहेका छन् ।

यसले पत्ता लाग्यो कि ६० प्रतिशतभन्दा बढी विस्थापित परिवारहरूमा बालबालिका, ५७ प्रतिशत वृद्ध सदस्यहरू र ३० प्रतिशत दीर्घ रोगी रहेका अनुमान गरिएको छ । विस्थापित परिवारमध्ये एक तिहाइभन्दा बढीले गत महिनामा कुनै आम्दानी नभएको जनाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com