सदनभित्र महिला सासंदहरुबीच झडप ,मुक्का हान्नेदेखि कपाल तानेसम्म (भिडियो)
प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार
आइतबार पाकिस्तानको राजनीति उथलपुथलले भरिएको रह्यो। राष्ट्रिय सभादेखि पञ्जाब विधानसभासम्म हंगामा र नाराबाजी भएको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार पञ्जाबका गभर्नर चौधरी सरवरलाई बर्खास्त गरेका छन् ।
पञ्जाब विधान सभाको अधिवेशन आइतबार संसदको नयाँ नेता र मुख्यमन्त्री चयन गर्न बोलाइएको थियो तर मतदान बिना अप्रिल ६ सम्म स्थगित गरिएको थियो। बैठक स्थगित भएपछि महिला सांसदसहित सरकार र विपक्षी दलका सांसदहरु आपसमा झडप भएका छन् ।
डन न्यूजले ट्वीटरमा सार्वजनिक गरेको भिडियोमा सरकार र विपक्षी महिला विधायकहरू पञ्जाब विधानसभा भित्र एकअर्कासँग लडिरहेका देख्न सकिन्छ। महिलाहरु पनि एकअर्काको कपाल तानेको देखिन्छ ।
केही समयपछि पुरुष विधायक पनि यो लडाइमा सामेल हुन्छन् । यो तस्विरले ‘नयाँ पाकिस्तान’ को ‘नयाँ राजनीति’देखाउँछ। पाकिस्तानमा सरकार र विपक्षीबीचको तनाव यति बढेको छ अहिले यो मामिला झगडासम्म पुगेको छ ।
Scenes from the Pakistani Punjab's Assembly as opposition and government lawmakers fight it out with bare hands. The provincial assembly was to vote today to elect the new leader of the house. pic.twitter.com/oVdHBvYLxN
— Sidhant Sibal (@sidhant) April 3, 2022






