बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमा


प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार

बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसंगै प्रदेश सरकारले आवश्यक काम समेत अघि बढाएको छ ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा आइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशसभाले सो ऐन गत चैत १४ गते जारी गरेको थियो ।
बैठकमा परिषद्का उपाध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाललगायतको उपस्थिति थियो ।

उद्योग वाणिज्य सङ्घबीच सहकार्य

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक नगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र मकवानपुर उद्योग वाणिज्य सङ्घबीच व्यापारिक विस्तार र आपसी समन्वय तथा सहकार्यको लागि दुई सङ्घबीच आपसी सम्झौता भएको छ ।

व्यापारिक अवसर, सम्भावना र समस्यालाई सम्बद्ध सङ्घले घनिभूतरुपमा आ–आफ्नो संस्थामार्फत एकीकृतरुपमा उठान गरी सरोकारवाला निकायसमक्ष पु¥याउन संस्थागतरुपमा प्रभावकारी पहल गर्ने उद्देश्यले दुई सङ्घबीच सम्झौता भएको हो ।

वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउँदै वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका खेल्ने भएकाले आवश्यक व्यापार व्यवसाय सहजीकरणका लागि यस्तो सम्झौता गरिएको वीरगञ्ज उवासङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ता जानकारी दिनुभयो ।

आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक–अर्का सङ्घबीच साझा गर्न र समाधानको पाटोमा एक भई समस्या समाधान गर्ने उद्देश्यले ती दुई वाणिज्य सङ्घसँग यस्तो सम्झौता भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com