भारतीयलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह


प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार

– कृष्ण अधिकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तरक्रियामा नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भारतले २१औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबीचको आर्थिक सम्बन्ध अझ विस्तार गर्ने सम्भावना प्रशस्त रहेको बताउनुभयो । कोभिड मारामारीका कारण आम जनजीवन र अर्थतन्त्र नराम्ररी प्रभावित बनेको अवस्थामा विदेशी लगानीलाई आकर्षित गर्न सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएका विभिन्न सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालमा ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारतलगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कन्फिडरेसन अफ इण्डियन इन्डिष्टिज (सिआइआइ) ले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायत सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । पछिल्ला वर्षमा भारतीय लगानी घटिरहेको सन्दर्भमा यसलाई बढाउन नेपाली निजी क्षेत्रले सहजीकरण गर्ने बताउनुभयो ।

सो अवसरमा सिआइआइका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताउनुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा करिब ३० भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको थियो भने विभिन्न करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीका सम्भावनाबारे चासो र अनुभव प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच महासङ्घ र सिआइआइका पदाधिकारीबीच सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो । सो छलफलमा अध्यक्ष गोल्छासहित निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष अन्जन श्रेष्ठ एवं रामचन्द्र सङ्घाइ तथा कार्यसमिति सदस्य हेमराज ढकाललगायतले भारतीय लगानीका क्षेत्र र सम्भावनाका बारेमा बोल्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com