पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो :  राष्ट्रपति बाइडेन


प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उहाँको भनाई छ ।

विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उहाँले त्यसको दोषी पुटिन नै भएको दावी गर्नुभयो ।

शुक्रबार उहाँले भन्नुभयो, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ ।”

उहाँले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गर्नुभयो । “यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ,” सामाजिक सञ्जाल ट्विटरमा उहाँले लेख्नु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले वेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रपति बाइडनले तत्काल युद्ध रोक्न र वार्ता मार्फत विवाद अन्त्य गर्न पटक पटक आग्रह गर्दै आएको पनि स्मरण गराउनु भएको छ । – एएनआई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com