नेपालको मौलिक संस्कृति प्रवद्र्धनका लागि बिबिसी मास्टर सेफको टोली नेपाल आउँदै


प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएशन ९पाटा० नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेशनल २०२०’ का फइनालिस्टहरुलाई नेपाल ल्याउन लागेको हो । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत जनाएको छ ।

पाटा नेपालका अनुसारमास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र यहाँका विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनमा सहभागी हुनेछन् ।

उक्त कार्यक्रमअन्तर्गत काठमाडौँमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवद्र्धनका कार्यक्रमसमेत रहेको छ । मास्टर सेफहरुले अप्रिल ११ मा काठमाडौँमा आयोजना हुने पाटा नेपालको ४५औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन् ।

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टू नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एअरलाइन्स पार्टनरका रुपमा श्रीलङ्कन एअरलाइन्स, बैंकिङ पार्टनरका रुपमा नबिल बैंक र हेल्थ पार्टनरका रुपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् ।

त्यसैगरी, बुद्ध एअर, समिट एअर, नाथम, केजिएच ग्रुप अफ होटेन्स, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउन्ड एडभेन्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन् ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरुलाई नेपाल भ्रमण गराई उनीहरुमार्फत गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।-फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com