पाकिस्तानलाई ‘विदेशी षडयन्त्र’ मार्फत् तहसनहस पार्न खोजीएको छ : प्रधानमन्त्री खान


प्रकाशित मिति : चैत्र १८, २०७८ शुक्रबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उहाँले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई पात्र मिर जाफर र मिर सादिकको भूमिकासँग तुलना गरेको बताउनुभयो । “यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,” उहाँले भन्नुभयो ।

मीर सादिक मैसूरका टिपू सुल्तानका मन्त्री थिए । सन् १७९८–९९ मा भएको चौथो एङ्लोे–मैसूर युद्धमा उनले श्रीराङगापट्टनमको घेराबन्दीमा टिपु सुल्तानलाई धोका दिई बेलायतको विजयका लागि बाटो खोलेका थिए । त्यस्तै मिर जाफरले बङ्गालको नवाब सिराज उद–दौलाको अधीनमा बङ्गाल सेनाको कमान्डरको रूपमा सेवा गरे र प्लासीको युद्धको दौडान उनलाई धोका दिए । यसले भारतमा ब्रिटिश शासनको लागि बाटो खोलिदियो ।

प्रधानमन्त्री खानले विपक्षी दलहरुले ‘विदेशी षडयन्त्र’ मार्फत् ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाउँदै भन्नुभयो, “विदेशी षडयन्त्रद्वारा तपाइहरूले देशलाई कसरी तहसनहस पार्नुभयो भन्ने कुरा सबैले सम्झनेछन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाकिस्तानी विपक्षी दलहरू, जसले अहिले पाकिस्तानी संसदमा प्रधानमन्त्री खानविरूद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका छन्, ले बिदेशीको इशारामा राष्ट्रलाई बर्बाद गरेको आरोप सम्बोधनका क्रममा उहाँले लगाउनुभएको हो ।

षड्यन्त्रलाई सहज सफल हुन दिइनेछ भन्ने कसैले नसोच भन्दै उहाँले भन्नुभयो, “म तपाईहरूलाई भन्न चाहन्छु कि म अन्तसम्मै लड्दैछु । मेरो राजनीतिमा आफन्तहरू छैनन्, ममा उनीहरूका जस्ता विदेशी फ्याक्ट्रीहरु छैनन् । यो देशले यस षड्यन्त्रलाई न त भुल्नेछ न क्षमा दिनेछ ।”

उहाँले विपक्षीहरूलाई लक्षित गर्दै भन्नुभयो, “मैले राष्ट्रलाई बर्बाद गरेको यो नाटक उहाँहरूले किन गरिरहेका छन् रु के ३।५ वर्षमा देश बर्बाद भयो त रु म तपाईंहरूलाई चुनौती दिन्छु कि ३।५ वर्षमा यो सरकारले अरू कुनै सरकारले नगरेको काम गरेको छैन । यो आइतवार मत परिणाम कस्तो आउनेछ रु देशले कुन दिशा लिनेछ रु”

“म आज यहाँ छु किनभने मार्च ७ वा ८ मा हामीले अर्कै देशबाट सन्देश पायौं । स्वतन्त्र देशको लागि यस्तो सन्देश आफ्नो प्रधानमन्त्रीविरुद्ध मात्र होइन तर देश आफैे विरुद्ध पनि हो ।”

उहाँले भन्नुभयो, विदेशी मुलुकलाई सारिनुभन्दा अघि पनि अविश्वास प्रस्तावबारे चर्चा थियो र “उनीहरु ९विपक्षी० दलहरुसँग उनीहरुको सम्बन्ध थियो ।” उहाँले यो विरोध वर्तमान् पाकिस्तान सरकारविरुद्धभन्दा पनि इमरान खानविरुद्ध भएको दावी गर्नुभयो । उहाँले विपक्षी नेताहरूलाई विदेशीहरूको विश्वास पात्र बढी र पाकिस्तानी नागरिक कम भएको भन्दै व्यङ्ग्य गर्नुभएको थियो ।

इमरान खान सरकारविरुद्धको अविश्वास प्रस्ताव राष्ट्रियसभामा टेबुल हुँदा उहाँसँग अहिले कूल १६१ सदस्य छन् र विपक्षमा बहुमत छ भनी विपक्षी दलहरूले दाबी गर्दै आएका छन्

प्रधानमन्त्री खानविरुद्ध खुल्ला रुपमा पीटीआईका केही सहयोगीहरू खुलेकाले यसको प्रस्ताव पास हुनेमा प्रतिपक्ष विश्वस्त भएका हुन् । मुत्तहिदा काउमी मुभमेन्ट – पाकिस्तान ९एमक्यूएम–पी०ले खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षीहरूसँग मिलेपछि उहाँको बहुमत गुमेको बताइएको छ । पाकिस्तानको संसद्को तल्लो सदनमा पाकिस्तानी सरकारले आफ्नो बहुमत गुमाएको पाकिस्तानी जियो टिभीले विपक्षी नेताहरूलाई उद्धृत गरी बिहीबार समाचार सम्प्रेषण गरेको छ ।

पाकिस्तानी राष्ट्रिय सभाको कूल क्षमता ३४२ सदस्यीय छ । बहुमतको लागि १७२ मत आवश्यक पर्छ । पीटीआई नेतृत्वको गठबन्धन १७९ सदस्यको समर्थनमा गठन भएको थियो । तर, अहिले एमक्यूएम–पीले पीटीआईसँगको गठबन्धन छोडेपछि उससँग अब १६४ सदस्यको समर्थन हुने स्पष्ट देखिएको छ भने विपक्षी दलसँग अहिले राष्ट्रिय सभामा १७७ जना समर्थक रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com