रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला
प्रकाशित मिति : चैत्र १८, २०७८ शुक्रबार
युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्।
व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’
व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसको भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’भण्डारणका दुई कर्मचारी घाइते भएका छन्।
बुधबार बेल्गोरोडको हतियार भण्डारबाट विस्फोटको आवाज सुनिएको थियो तर अधिकारीहरूले विस्फोटको कुनै स्पष्टीकरण दिएनन्।
बेल्गोरोड युक्रेनसँगको रुसको सिमानाबाट करिब ४० किलोमिटर (२५ माइल) र युक्रेनी सहर खार्किभबाट करिब ८० किलोमिटर पर अवस्थित छ, जसलाई मस्कोले फेब्रुअरी २४ मा युद्ध सुरु गरेदेखि रुसी सेनाले ध्वस्त पारेको छ।(एएफपी)






