न्युयोर्कमा ३ मिनेटभन्दा बढी इन्जिन अन गरेर पार्क गरेको ट्रकको भिडियो खिच्नेलाई प्रतिभिडियो ८७ डलर
प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार
न्युयोर्कमा न्युयोर्कमा ३ मिनेटभन्दा बढी इन्जिन अन गरेर ट्रक पार्क गर्नु अपराध हो भने पहिलोपटक यसरी पार्क गर्ने ३५० डलर र पटकपटक गर्नेलाई त्यो भन्दा बढी जरिवानाको व्यवस्था छ । यसरी पार्क गरेको ट्रकको भिडियो खिच्नेलाई स्थानीय सरकारले प्रतिभिडियो ८७ डलर पुरस्कार प्रदान गर्दै आएको छ ।
न्युयोर्क सिटीको वातावरण विभागले सन् २०१९ मा सर्वसाधारणले इन्जिन अन गरेर पार्क गरेको ट्रकको ३ मिनेट लामो भिडियो खिचेर अनलाइनमा अपलोड गर्नेलाई प्रतिभिडियो ८७ डलर ५० सेन्टस दिने योजना ल्याएको थियो । सिटिजन एयर कम्प्लेन प्रोग्राम अन्तरगत वातावरण संरक्षणका लागि यो योजना ल्याइएको हो । इन्जिन अन गरेर ट्रक लामो समय पार्क गर्दा वातारणमा नकारात्मक असर पर्ने भएकाले यो योजना ल्याइएको हो ।
अर्नेष्ट वेल्डीले अहिलेसम्म २ हजारवटा भिडियो अपलोड गरेको र डेढ लाख डलरभन्दा धेरै आम्दानी गरेको बताएका छन् । त्यस्तै प्याट्रिक सेनेलले ३६ हजार डलर आम्दानी गरेको बताएका छन् । ८१ बर्षका पाउल स्लापिकासले भिडियो खिचेर अनलाइनमा अपलोड गरेर अहिलेसम्म ६४ हजार डलर आम्दानी गरेका छन् । अहिले उनले ४२ वटा भिडियोको ७ हजार ३ सय डलर प्रतिक्षा गरिरहेका छन् ।

सिटीले अनलाइन कार्यक्रम सुरु भएयता अहिलेसम्म जरिवानाबाट २४ लाख डलरभन्दा धेरै जम्मा गरिसकेको छ । सन् २०१९ मा ९०७० वटा भिडियो आएकोमा सन् २०२१ मा १२ हजार २ सय ६७ भिडियो आएका थिए । कार्यक्रम सुरु भएयता पूर्व वाल स्ट्रीट बैंकर जर्ज पेकेनहेमले ४० हजार डलर कमाएका छन् ।
तर भिडियो खिच्न सधै सहज भने छैन । कहिलेकाँही ट्रक ड्राइभरले चक्कु लिएर समेत लखेट्ने गरेका घटनाहरु भएका छन् । धकेलाधकेल हुने र भनाभन हुने घटना सामान्य मानिन्छन् । तर कुनै अप्रिय घटना भने अहिलेसम्म भएको छैन ।
यो कार्यक्रममा सहभागी हुनका लागि पहिलो भिडियो खिच्नुपर्छ । त्यसपछि प्रणालीमा लकइन गरेर भिडियो अपलोड गरेपछि त्यसको प्रगति हेर्न सकिन्छ । भिडियो अपलोड गर्न यहाँ क्लीक गर्नुहोला ।






