रिक्सा चलाएर मासिक ४० हजार आम्दानी !


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

-दीपेन्द्र ढुंगाना (फोटो सहित)

पर्यटक सिजनमा काठमाडौंमा रिक्सा चलाउने रिक्सा चालकले मासिक ४० हजारसम्म आम्दानी गर्दै आएका छन् । काभ्रे कोशीपारीका बिक्रम केसीले बिगत १९ बर्ष देखी ठमेलमा रिक्सा चलाउदै आएका छन् । उनले रिक्सा चलाएर कमाएको पैसाबाट छ जनाको परिवार पाल्दै आएका छन् । अहिले छोरा छोरीले आफ्ने खर्च आँफै जुटाउन थालेकोले अब रकम जोगाउन तिर लागेका छन् उनी । केसी आफ्नो कमाइमा सन्तुष्ट नै छन् ।

उनी रिक्सा चलाएरै मासिक ४० हजार भन्दा बढी कमाउँछन् । १७ हजार भाडा तिरेर फ्लाट लिएर बसेका छन् उनी । बर्षमा दुईमहिना अफ सिजन भएपनि १० महिना राम्रो कमाई हुने उनको अनुभव छ । उनी भन्छन्, –‘विदेश गएपनि दुख नगरी हुँदैन । त्यसैले आफ्नै देशमा पसिना बगाएर परिवारसँग बसेर कमाएको आम्दानीले खुशी र सुखी छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com