सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमति


प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार

sf7df8f}F, !& r}tM ;Qf?9 bnsf] a}7s k|wfgdGqL lgjf; afn’jf6f/df laxLaf/ a;]sf] ;Qf?9 bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷ /f;;

सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्र्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।

बैठकमा चुनावी तालमेलका लागि स्थानीयस्तरमा सत्ता साझेदार दलहरु सम्मिलित संयन्त्र बनाउनेसमेत सहमति भएको छ । नेपाली कांग्रेसको यही चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरुप सत्ता गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको थियो ।

शीर्ष नेताबीच सत्ता साझेदार दलको अर्को बैठक यही चैत २१ गते बस्ने सहमति भएको छ ।

बैठकमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई आसन्न भारत भ्रमणको शुभकामना दिँदै द्विपक्षीय मुद्दाको सम्बोधनका लागि कूटनीतिक पहल गर्न समेत आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको सौहार्दपूर्ण निमन्त्रणामा यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्दै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com