अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोनाबिरुद्धको भ्याक्सिनको चौथो डोज, कोभिड डट गभको प्रवर्द्धन
प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबिरुद्धको भ्याक्सिनको चौथो डोज लगाएका छन् । यो उनले लगाएको दोश्रो बुस्टर डोज हो ।
राष्ट्रपति बाइडेनले क्यामेराका अगाडि दोश्रो बुस्टर डोज लगाएका छन् भने मन्तव्यका क्रममा ह्वाइट हाउसले सुरु गरेको वेवसाइट कोभिड डट गभको प्रचार गरेका छन् । कोभिडको रोकथाम र उपचारका सन्दर्भमा यो वेवसाइटको सुरुवात गरिएको हो ।

यो वेवसाइटमा अमेरिकनहरुले कहाँ कोरोनाविरुद्धको भ्याक्सिन लगाउने भन्नेबारे सुचना प्राप्त गर्नसक्छन् । बुस्टर डोज र मास्कबारे पनि विवरण प्राप्त गर्नुका साथै परीक्षणका किटबारेको ह्वाइटहाउसको अर्को वेवसाइटसँग समेत यसले जोड्छ ।
बाइडेनले स्टेट अफ द युनियन सम्बोधनका क्रममा घोषणा गरेको परीक्षणदेखि उपचारसम्म कार्यक्रम अन्तरगत २ हजारभन्दा बढी केन्द्रहरु थपिएको छ । वेवसाइटमा गएर अमेरिकनहरुले परीक्षण र उपचारका लागि फार्मेसीहरुदेखि सामुदायिक स्वास्थ्यकेन्द्रबारे विवरण प्राप्त गर्छन्, जहाँ उनीहरुले परीक्षण र आवश्यक परे उपचार प्राप्त गर्न सक्छन् ।






