वार्तामा रुसले भन्यो, ‘युक्रेनमा आक्रमण कम गर्छौ’


प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार

रुस र युक्रेनबीच मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तामा रुसी आक्रमण सुरु भएयता पहिलो पटक प्रगतिको संकेत देखिएको छ ।

रुसले युक्रेनमा हुने सैन्य आक्रमणलाई घटाउने बताएको छ। तर रुसको यो प्रतिवद्धताप्रति पश्चिमा राष्ट्रहरूले विश्वास गर्न नसकिने भन्दै शंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलस्थित आफ्नो कार्यालयमा रुस–युक्रेन वार्ताको आयोजना गरेका थिए ।

रसियाले शान्ति वार्तामा किभ र चेर्निहाइभमा आफ्ना आक्रमणहरूलाई कम गर्ने बताएको छ। रुसको यो भनाइप्रति बेलायत र अमेरिकाले होसियार हुन अपिल गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क रहन आग्रह गर्दै भने, ‘उनीहरूमाथि कस्तो कारबाही भइरहेको छ भनी नदेख्दासम्म म यो बयानमा केही देख्दिन।’

उनले गरेका वाचा पुरा भए नभएको हेर्नु पर्ने बताए । अर्कोतर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले के भन्छ र के गर्छ भन्नेमा भिन्नता रहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर कूटनीतिक हिसाबले पनि टर्कीले शान्ति वार्तालाई ‘अर्थपूर्ण प्रगति’तर्फ अघि बढिरहेको बताएको छ। मंगलबार भएको वार्ता तीन घन्टासम्म चलेको भए पनि सञ्चारमाध्यमबाट थोरै जानकारी मात्रै फिल्टर गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com