क्यापिटल हिल दंगाको दिन ट्रम्पको फोन ८ घण्टा रेकर्ड गर्न छुटाइएको खुलासा


प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार

गतबर्ष जनवरी ६ को क्यापिटल हिल दंगाको दिनमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनकल रेकर्ड गर्न ८ घण्टा छुटाइएको खुलासा भएको छ । ह्वाइट हाउसमा राष्ट्रपतिको फोन औपचारिक रुपमा रेकर्ड गरिने भएतापनि उक्त दिन ट्रम्पको फोन ८ घण्टासम्म रेकर्ड नगरिएको संसदीय अनुसन्धान प्यानलले पत्ता लगाएको छ ।

विहान ११ बजेदेखि बेलुका ७ बजेसम्मको फोन रेकर्ड नगरिएको जनाइएको छ । उक्त अवधिमा कैयन पटक फोनकलहरु भएतापनि रेकर्ड नगरिएकाले ट्रम्पको कोसँग के कुराकानी भएको थियो भन्नेबारे जानकारी सार्वजनिक हुन सकेको छैन । यद्यपी अनुसन्धान प्यानल उक्त अवधिमा ट्रम्पले के के गरेका थिए भन्नेबारे बेखबर भने छैन ।

संसदीय प्यानललृ फरक बृहत फोनकल रेकर्डका लागि अनुरोध गरेको छ भने ८ सयभन्दा धेरैजना प्रत्यक्षदर्शीसँग कुराकानी समेत गरिसकेको छ । कुराकानी गरिएकामध्ये कैयन व्यक्ति ट्रम्पका सहयोगीहरु समेत हुन्, जसले उक्त दिन ट्रम्पसँग बिताएका थिए । संसदीय प्यानलले ट्रम्पका तत्कालिन चिफ अफ स्टाफका हजारौं टेक्स्ट सन्देशहरु पनि संकलन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले कुराकानीका लागि अरुको फोन समेत प्रयोग गर्ने गरेका थिए । साथै उनले ह्वाइटहाउस बाहेक आफ्नो व्यक्तिगत फोन समेत प्रयोग गर्ने गरेका थिए । प्राय उनले फोनमा कुरा गर्दा ह्वाइटहाउसको स्वीचबोर्ड बाइपास गरेर सिधै फोन डायल गरेर कुराकानी गर्ने गरेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com